Sunday, 16th August, 2026
वि.स.

म्याद सकिएका खाद्य वस्तु नयाँ मिति राखेर बजारमा

IMG_20210824_222824-1629823537.jpg

म्याद सकिएको पास्ता, बिस्कुट, चकलेटलगायत १२ प्रकारका खाद्य वस्तुमा नयाँ मिति राखेर बजार पठाउने गरेको भेटिएको छ । मंगलबार बालाजुको अगद नेपाल भेन्चर प्रालीको गोदाममा म्याद सकिएको वस्तुमा नयाँ उपभोग्य मिति राखिरहेको अवस्थामा मेसिनसहित एक जनालाई नियन्त्रणमा लिइएको वाणिज्य विभागले जनाएको छ ।

वाणिज्य विभाग र प्रहरीले संयुक्त रुपमा गरेको अनुगमनमा पास्ता, चकलेट, बिस्कुट, स्वीस रोल, बार केक लगायतका १२ प्रकारका खाद्य वस्तुमा पुनः नयाँ लेबल राखिएको भेटिएको विभागका निर्देशक एवम् प्रवक्ता शिवराज सेढाइँले जानकारी दिए । प्रभात देव सञ्चालक रहेको दुई वटा गोदाममा गरेको अनुगमनमा रिलेबलिङ गर्ने मेसिन पनि बरामद भएको सेढाइँले बताए । गोदामको म्यानेजरको रुपमा काम गर्ने एक जनालाई नियन्त्रणमा लिइएको र फरार सञ्चालकको खोजी भईरहेको विभागले जनाएको छ ।

‘दुई वटा गोदाम सिल गरेका छौं, नयाँ उपभोग्य मिति राख्ने मेसिन, केमिकल र कागजातसहित एक जनालाई नियन्त्रणमा लिएर अनुसान्धान अघि बढाइएको छ,’ निर्देशक एवम् प्रवक्ता सेढाइँले अनलाइनखबरसँग भने । गोदामबाट बरामद भएका वस्तुको परिमाण र मूल्यांकनको काम बाँकी रहेको विभागले जनाएको छ ।


कुन-कुन वस्तुमा नयाँ म्याद

विभागका अनुसार उपभोग्य मिति सकिएको दैनिक उपभोग्य खाद्य वस्तुमा नयाँ म्याद टासेर बजार पठाउने काम गोदामबाट भएको प्रारम्भीक अनुसन्धानमा देखिएको छ । विभिन्न प्रकारका चकलेट, चोको चोको, स्वीस रोल, सोया चल्क्स, म्याक्सिकन भ्याजी क्रयाकर बिस्कुट, बारकेक, पास्ता लगायतका वस्तुमा नयाँ मिति राखेर बजार पठाउने गरिएको विभागले जनाएको छ ।

ठूलो गोदाममै योजनाबद्ध रुप रिलेबलिङको काम भएका कारण सबै वस्तुको विवरण खुली नसकेको विभागले जनाएको छ । यस अघि सानो भर्‍याङबाटपनि म्याद सकिएको ठूलो परिमाणको वस्तुसहित विभागले दुई जनालाई नियन्त्रणमा लिएको थियो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०