Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

मोरङमा टिपरले ठक्कर दिँदा धनकुटा कांग्रेस सचिव थापाको निधन

मोरङमा टिपरको ठक्करबाट नेपाली कांग्रेस धनकुटाका सचिव कृष्ण थापाको निधन भएको छ।

ष्लखयतभअज
धनकुटाबाट झापा जाने क्रममा गएराति ७स्४० बजे मोरङको विराटचोकमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा थापासहित दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा धनकुटा पाख्रिबासका ५० वर्षीय कृष्णबहादुर थापा र सुनसरीको इटहरी उपमहानगरपालिका(४ का अन्दाजी ३५ वर्षीय दीपु शाहको मृत्यु भएको हो।

थापा नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव हुन्। शाह बेलबारीस्थित एनएमबी बैंक शाखा कार्यालयका कर्मचारी हुन्।

कअजयय
िदुर्घटनामा थापाका भाइ २७ वर्षीय भीमबहादुर थापा गम्भीर घाइते भएका छन् । उनलाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले विराटनगरको विराट नर्सिङ होम रेफर गरेको छ। दुर्घटनामा परेको को ३६ प ५९७९ नम्बरको मोटरसाइकलका कृष्णबहादुर आफैंले चलाएका थिए ।

इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार पूर्व(पश्चिम राजमार्गमा पर्ने सुन्दरहरैँचा नगरपालिका(९ विराटचोकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको टिपरले विपरीत दीशातर्फ आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो।

टिपरको ठक्करबाट बेलबारीबाट इटहरीतर्फ आउँदै गरेको शाह सवार २९ प ९५५० नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको थियो। थापा चढेको मोटरसाइकल पनि त्यसरी नै सँगै दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।

लअभिि ष्ल
दुबै जनाको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आइतबार राति ९स्३० बजेतिर मृत्यु भएको हो ।

जिल्ला सचिव थापाको आजै मुलघाटस्थित तमोर नदिमा अन्त्येष्टि गरिने नेपाली कांग्रेस धनकुटाले जनाएको छ।

यसैबीच पार्टी सचिवको शोकमा नेपाली कांग्रेस धनकुटा र मातहतका सबै कार्य समितिको  पार्टी कार्यालयमा झण्डा झुकाएर तीन दिनसम्म कार्यालय बन्द रहने नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले बताए।

४५ वर्षिय थापाका बुवा फणिन्द्र थापा, आमा नानीमाया थापा, श्रीमती कमला थापा, छोरी सिर्जना थापा र छोरा रोमियो थापा छन्।

धनकुटा जिल्ला प्राख्रिवास नगरपालिका वडा नं। ७ मुगा निवासी युवा नेता थापा नेपाली कांग्रेस धनकुटा र राप्रपा धनकुटाबीच गत चैत अन्तिममा समायोजनको क्रममा नेपाली कांग्रेस धनकुटा जिल्ला कार्य समितिको सचिवको जिम्मेवारी लिइ पार्टी संगठन विस्तार र सुदृढीकरण अभियानमा सक्रिय थिए।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०