Wednesday, 26th August, 2026
वि.स.

मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु

bike-accident-1594963687.jpg

धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ९ मुरलीभन्ज्याङमा विहिबार दुर्घटना हुदा एक जनाको ज्यान गएको छ । विहिबार साझ ८ बजे २५ मिनेटमा दुर्घटना भएको हो ।

धादिङबेसीबाट पाल्पाभन्ज्याङ जानेक्रममा प्रदेश नम्बर ३, ००८-०२-प-२४४१ नम्बरको मोटरसाईकल अनियन्त्रीत भई सडकबाट ५० मिटर तल खोल्सामा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिए।

दुर्घटनामा गम्भीर घाईते भएका मोटरसाईकल चालक नीलकण्ठ नगरपालिका वडा नम्बर ९ पाल्पा भज्याङका २६ बर्षीय राम हरी लम्सालको काठमाडौको ट्रमा सेन्टरमा उपचारको क्रममा विहिबार राती ११ बजे मृत्यु भएको प्रहरी नायव उपरीक्षक खड्काले बताए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif