Friday, 28th August, 2026
वि.स.

मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु

accident-new-1613203957.jpg

 रसुवामा शुक्रवार बेलुकी मोटरसाइकल दुर्घटनामा परेका प्रहरी जवानको ज्यान गएको छ ।

मोटरसाइकल दुर्घटनामा परेका चितवनका ३० वर्षीय इन्द्रप्रसाद अर्यालको ज्यान गएको हो । रसुवाको कालीका गाउँपालिका–१, राम्चेबाट अस्थायी प्रहरी चौकी ग्राङ फर्कने क्रममा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी हवल्दार राजेन्द्र लामा र अर्याल दुर्घटना परेका थिए ।

दुर्घटना लगत्तै नुवाकोटमा रहेको त्रिशूली अस्पतालमा पुर्याइएका उनको उपचारको क्रममा शनिवार बिहान ज्यान गएको हो । प्रदेश-३ ००१ प ३३७५ नम्बरको मोटरसाइकल राम्चेमा रहेको सडकबाट करिब २० मिटर तल पुगेको थियो।

घाइते भएका प्रहरी हवल्दार लामाको नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले बताए।  
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif