Wednesday, 26th August, 2026
वि.स.

मोटरसाइकल दुर्घटनामा प्रधानाध्यापकको मृत्यु

accident-1618034732.jpg

गुल्मीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको  मृत्यु भएको छ  । लु २३ प ५०५७ नम्बरको मोटरसाइकल  गुल्मीदरबार  गाउँपालिका  वडा नम्बर  ७ को  घुम्ती भन्दा  भित्री  सडकमा  दुर्घटना हुँदा सोही वडा निवासी ठुलापोखरा माविका ४५ वर्षीय प्रधानाध्यापक राम बहादुर  खत्रीको ज्यान गएको हो  । 

गौँडाकोटस्थित  गुल्मी दरवार  गाउँ पालिकाको  सार्वजनिक सुनुवाइ कार्यक्रममा  सहभागी  भइ साँझ घर  फर्किने  क्रममा  घुम्तीदेखि  भित्री  सडकमा  मोटरसाइकल दुर्घटना भएको  र  गम्भीर  घाइते  खत्रीलाई  जिल्ला  अस्पताल तम्घासमा साढे  ९  बजे  मृत  घोषणा गरिएको  जिल्ला  प्रहरी  कार्यालयका  प्रवक्ता डिएसपी  पुरुषोतम  प्रसाद  पाण्डेले  जानकारी  दिए । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif