Thursday, 27th August, 2026
वि.स.

मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना

r-1622011615.jpg

 मौसम पूर्वानुमान महाशाखा अनुसार हाल देशमा बंगालको खादीमा रहेको यास नाम गरिएको चक्रवातको आंशिक प्रभाव रहेको छ।

महाशाखा अनुसार हाल प्रदेश १, प्रदेश २, बाग्मती, तथा गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली रहेको छ।साथै बागमती प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भैरहेको छ ।

२०७८ जेठ १२ गते (बुधबार)

दिउँसो: प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी प्रदेशमा सामान्य बदली र बाकी भू(भागमा आंशिक बदली रहने छ। प्रदेश १, प्रदेश २, बाग्मती, र गण्डकी प्रदेशका केहि स्थानहरूमा र बाकी प्रदेशहरुका एक वा दुइ स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ को एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।गण्डकी, बागमती प्रदेश र प्रदेश १ का हिमालीर उच्च पहाडी भूभागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातरवर्षा को सम्भावना रहेको छ।

राती: प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्य बदली र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रहने छ। प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा र बाँकी प्रदेशहरुमा एक वा दुई स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ को एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।गण्डकी, बागमती र प्रदेश १ का हिमालीर उच्च पहाडी भूभागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपात र वर्षा को सम्भावना रहेको छ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif