Saturday, 15th August, 2026
वि.स.

मूल्य वृद्धिकाे विरुद्ध सडकमा उत्रियाे थाहानगर युवा संघ

IMG-40b9761f3cc178f99dcc2-1636886344.jpg

नेकपा एमालेकाे भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल थाहा नगर कमटीले पेट्रोलियम पदार्थमा भएकाे मूल्य वृद्धिकाे विराेध गरेकाे छ । 

साे कमिटीले २८ कात्तिकमा थाहानगरकाे थानाबजारदेखि शिखरकाेटसम्म पैदल हिँडेर मूल्य वृद्धिकाे विराेध गरेकाे हाे। 

युवा संघ नगर अध्यक्ष प्रदिप भट्टकाे नेतृत्वमा युवाहरुले थानाबजार र शिखरकाेटमा काेण सभासमेत गरेकाे थियाे ।  सरकारले पेट्रोलियम पदार्थमा गरेकाे  मूल्य वृद्धिविरुद्ध ब्यानरसहित युवाहरु थानाबजारबाट अघि बढेका थिए । 

युवाहरुले पेट्रोलियम पदार्थको मूल्य वृद्धि खारेज गर, जन अधिकार नखाेस, गठबन्धन सरकारकाे उपहार-महंगी र अत्याचार, नेकपा एमाले जिन्दावाद लगायत नारा लगाएका थिए । 

काेण सभालाई युवा संघ जिल्ला सचिवालय सदस्य सुजन कार्की र  नगर अध्यक्ष भट्टले सम्बाेधन गरेकाे नगर सचिव सुमन रायमाझीले जानकारी दिए । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif