nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मूल्य वृद्धिकाे विरुद्ध सडकमा उत्रियाे थाहानगर युवा संघ

IMG-40b9761f3cc178f99dcc2-1636886344.jpg

नेकपा एमालेकाे भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल थाहा नगर कमटीले पेट्रोलियम पदार्थमा भएकाे मूल्य वृद्धिकाे विराेध गरेकाे छ । 

साे कमिटीले २८ कात्तिकमा थाहानगरकाे थानाबजारदेखि शिखरकाेटसम्म पैदल हिँडेर मूल्य वृद्धिकाे विराेध गरेकाे हाे। 

युवा संघ नगर अध्यक्ष प्रदिप भट्टकाे नेतृत्वमा युवाहरुले थानाबजार र शिखरकाेटमा काेण सभासमेत गरेकाे थियाे ।  सरकारले पेट्रोलियम पदार्थमा गरेकाे  मूल्य वृद्धिविरुद्ध ब्यानरसहित युवाहरु थानाबजारबाट अघि बढेका थिए । 

युवाहरुले पेट्रोलियम पदार्थको मूल्य वृद्धि खारेज गर, जन अधिकार नखाेस, गठबन्धन सरकारकाे उपहार-महंगी र अत्याचार, नेकपा एमाले जिन्दावाद लगायत नारा लगाएका थिए । 

काेण सभालाई युवा संघ जिल्ला सचिवालय सदस्य सुजन कार्की र  नगर अध्यक्ष भट्टले सम्बाेधन गरेकाे नगर सचिव सुमन रायमाझीले जानकारी दिए । 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)