Monday, 31st August, 2026
वि.स.

मुख्यमन्त्री पौडेलद्वारा भीमफेदी–इपा सडकको अनुगमन

11-1574511315.JPG

३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले निर्माणाधिन रहेको भीमफेदीदेखि ईपा सम्मको सडकको अवलोकन गरेका छन् । अवलोकनका क्रममा निर्माणधिन रहेको सडकलाई समयमा नै निर्माण सक्न आग्रह पनि गरे । 

यो सडकलाई काठमाण्डौ जान विकल्पका रुपमा समेत प्रयोग गरिने उनले जानकारी दिए । यो सडक भएर सिस्नेरी हुँदै काठमाण्डौ जान सकिने गाउँपालिका अध्यक्ष हिदम लामाले मुख्यमन्त्री पौडेललाई जानकारी गराएका थिए ।  २५ करोड ९९ लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको उक्त सडकको लम्बाई २३.६४० किलोमिटर रहेको छ । २०७५ साल मंसिर २५ गते टेण्डर भएको उक्त सडक १८ महिनामा सम्पन्न गरिसक्नुपर्ने सम्झौता रहेको छ । उक्त सडक निमार्ण भए पछि भिमफेदी गाँउपालिकाका स्थानीयहरु लावान्भित हुने छन भने काठमाडांै–ईपा–देउराली सडक खण्ड हुदै सवारी सञ्चालन हुनसक्ने छन् । यसले सिस्नेरी–फाखेल हँुदै चल्ने सवारी साधनहरुले समेत उक्त सडक खण्ड प्रयोग गर्न सक्नेछन् । 

अनुगमनमा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, भूकम्प पुनर्निर्माण इकाइ मकवानपुरका प्रमुख बिमल किशोर केवी, भिमफेदी गाँउपालिका अध्यक्ष हिदम लामा लगायतको सहभागिता रहेको थियो । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०