Wednesday, 26th August, 2026
वि.स.

मुख्यमन्त्री पौडेलद्वारा प्रहरी भवनको उद्घाटन

p-1618733200.jpg

मुख्यमन्त्री डोरमणी पौडेलले हेटौंडामा प्रहरी भवनको उद्घाटन गरेका छन् ।

आइतबार मुख्यमन्त्री पौडेलले हेटौंडा-११ थानाभर्याङमा निर्मित जिल्ला ट्राफिक प्रहरी कार्यालय भवन र हेटौंडा-१५ रातोमाटेमा रहेको प्रहरी चौकी भवनको उद्घाटन गरेका हुन् ।

भवनको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा सफल बनाउन मुलुकमा शान्ति सुरक्षा कायम हुनुपर्ने बताए । उनले शान्ति सुरक्षा कायम भए मात्र ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारालाई सार्थक तुल्याउन सकिने बताए । मुख्यमन्त्री पौडेलले संघिय सरकारबाट अनुमति लिएर प्रदेश सरकारले प्रहरी भवनहरुको निर्माणमा दतारुकताका साथ अघि बढेको बताए । प्रहरीले जनशक्तिको अभावका बाबजुत आफ्नो काम पुर्ण जिम्मेवारी पुर्वक गरेको बताए । तीनै तहको सरकारको गन्तब्य एउटै भएको बताउँदै मुख्यमन्त्री पौडेलले जनताले महशुस गर्ने काम सरकारले गरेको दाबी गरे।

कार्यक्रममा भौतिक पुर्वाधार विकास मन्त्री रामेश्वर फुँयाल, नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, प्रदेश प्रमुख सचिव मानबहादुर विके,प्रमुख जिल्ला अधिकारी भरत मणी पाण्डे,बागमती प्रदेश प्रहरी कार्यालयका डिआईजी बसन्तकुमार लामा लगायतको उपस्थिति रहेको थियो ।

एक करोड ७३ लाख ३० हजार ३ सय ७३ रुपैंयाका दरले दुईवटा प्रहरी कार्यालय भवन निर्माणको जम्मा लागत ३ करोड ४६ लाख ६० हजार ७ सय ४७ रुपैंया रहेको जनाईएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif