Thursday, 20th August, 2026
वि.स.

मुख्यमन्त्रीमा १९ वर्षीय किशोरी !

shiristi-1611469139.jpg

भारतको उत्तराखण्ड राज्यमा १९ वर्षीय किशोरी मुख्यमन्त्री हुने भएकी छन् । हरिद्वारकी श्रृष्टि गोस्वामी एकदिनका लागि मुख्यमन्त्री बन्ने भएकी हुन् । 

उनी आइतबारका लागि मुख्यमन्त्री बन्ने बताइएको छ । गोस्वामीलाई उत्तराखण्ड सरकारले नै एक दिनको मुख्यमन्त्री बनाउन लागेको हो ।

२४ जनवरीमा राष्ट्रिय बालिका दिवसको अवसरमा सृष्टिलाई उत्तराखण्डको एक दिनको मुख्यमन्त्री बनाउन लागिएको उत्तराखण्ड बाल अधिकार संरक्षण आयोगकी अध्यक्ष उषा नेगीले जानकारी दिएकी छन् ।

बीएस्सी तेस्रो वर्षमा अध्ययनरत सृष्टिले आफूले यो क्षणलाई विश्वासै गर्न नसकिरहेको प्रतिक्रया दिएकी छिन् । अझै यो सत्य हो भनेर विश्वासै गर्न सकिरहेकी छैनु, उनले भनिन्, म यो समय युवाहरूले प्रशासनिक क्षेत्रमा बसेर आम मानिसको सेवाका लागि राम्रो काम गर्न सक्छन् भन्ने कुरा सावित गरेर देखाउनेछु ।ु

सृष्टिले सरकारले गर्न लागेका विभिन्न कामको अवलोकन तथा अधिकारीहरूबाट ब्रिफिङ सुन्नेछिन् । त्यसपछि उनले आवश्यक सल्लाह दिने बताइएको छ ।

बालिकाहरूलाई सशक्तिकरण गर्न यस्तो गर्न लागिएको अध्यक्ष नेगीले बताएकी छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०