Friday, 28th August, 2026
वि.स.

मुख्यमन्त्रीको संयोजकत्वमा शहीद दिवस समिति गठन

dormani-1611735298.jpg

माघ १६ मा बाग्मती प्रदेशको राजधानी हेटौँडामा  शहीद दिवस मनाउन मुख्यमन्त्री डोरमणि पौडेलका अध्यक्षतामा ३१७ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । मुख्यमन्त्री पौडेलका अध्यक्षतामा उनको कार्यकक्षमा बसेको सर्वदलीय बैठकले माघ १४ देखि १६ गतेसम्म विभिन्न कार्यक्रम आयोजना गरी शहीद दिवस बनाउने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयले जनाइएको छ ।

शहीद दिवसअन्तर्गत माघ १४ गते हेटौँडा नगरमा सरसरफाइ, माघ १५ गते स्थानीय बुद्धचोकमा रक्तदान, माघ १६ गते शहीद स्मारक नवलपुरमा पदयात्रासहित श्रद्धाञ्जलि कार्यक्रम आयोजना गरिने आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी पेशल पोखरेलले जानकारी दिए।

दिवसकै अवसरमा नेपाल पत्रकार महासङ्घ मकवानपुर र नेपाल पत्रकार महासङ्घ वाग्मती प्रदेशको संयुक्त आयोजनामा माघ १६ गते परिसंवाद कार्यक्रम आयोजना गरिने महासङ्घ मकवानपुरका अध्यक्ष हरि हुमागाईँले बताए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif