Wednesday, 26th August, 2026
वि.स.

मास्क नलगाउनेलाई सय रुपैयाँ जरिवाना

mask-1619088623.jpg

कोरोना संक्रमण बढ्न थालेपछि कैलालीमा प्रहरीले मास्क नलगाएका व्यक्तिलाई कारवाही गर्न थालेको छ ।   संक्रामक रोग ऐन २०२० बमोजिम जिल्ला प्रशासन कार्यालय कैलालीको निर्देशनमा प्रहरीले मास्क नलगाई सार्वजनिक स्थलमा हिँडेका व्यक्तिलाई कारवाही गर्न थालेको हो ।

बुधबार मात्र ४३ जना त्यस्ता व्यक्ति कारवाहीमा परेको जिल्ला प्रहरी कार्यालय कैलालीका सह–प्रवक्ता एवम् प्रहरी निरीक्षक हिक्मतबहादुर थापाले  जानकारी दिए ।

पछिल्लो समय मास्क नलगाई हिँड्ने प्रवृत्ति बढेको र संक्रमण दर बढ्न नदिन यस्तो कारवाही गर्नु परेको स्थानीय प्रशासनको भनाइ छ ।

मास्क नलगाउनेलाई १०० रुपैयाँ जरिवाना गर्न थालिएको प्रहरी निरीक्षक थापाले बताए । उनका अनुसार बिहीबार पनि प्रहरीले ठाउँठाउँमा अनुगमनसहित कारवाही गरेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif