Saturday, 15th August, 2026
वि.स.

मालपोत र नापीको सेवा बन्द, प्रशासनमा आलोपालो

IMG_20210813_111317-1629032164.jpg

कोरोना संक्रमित बढेसँगै मकवानपुरमा मालपोत र नापी कार्यालय आइतबारदेखि बन्द गरिएको छ । जिल्लामा संक्रमण बढेपछि ३१ साउनदेखि मालपोत र नापी कार्यालय बन्द गरिएको हो ।

सेवाग्राहीको भीडले कोरोना संक्रमण बढ्ने भन्दै सर्वत्र आलोचना भएसँगै मालपोत र नापी कार्यालय बन्द गरिएको हो । ‘अत्यधिक लाइन हुने गरेको मालपोत र नापी संक्रमणको जोखिम क्षेत्र हो । त्यस कारणले केही दिनका लागि बन्द गरेका हौं’, मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए ।


जिल्ला प्रशासन कार्यालयले पनि आलोपाले सेवा दिन थालेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सर्वसाधारणको भीड कम गर्न प्रशासनले नागरिकता, राहदानी वितरण र नवीकरण सम्बन्धी सेवा सातामा फरक–फरक दिनमा प्रवाह गर्ने व्यवस्था गरेको छ । एक साता नागरिकता र राहदानीको प्रतिलिपि प्रदान गरिने छ भने अर्को साता नयाँ नागरिकताको सेवा प्रदान गरिने पाण्डेले जानकारी दिए ।

शान्ति सुरक्षा, मुद्दा, विपद् व्यवस्थापनलगायत सेवा भने नियमित प्रदान गरिने प्रशासनले जनाएको छ । मकवानपुरमा पछिल्लो साढे तीन महिनादेखि निषेधाज्ञा जारी छ । यसअघि खुकुलो बनाइएको निषेधाज्ञा प्रशासनले पुन: कडाई गर्दै लगेको छ । गत सोमबारदेखि निजी तथा सार्वजनिक सवारीमा जोरबिजोर प्रणाली, व्यवसाय सञ्चालनमा समय सीमा तोकेको छ । जारी निषेधाज्ञामा अत्यावश्यक उपभोग्य वस्तु खाद्यान्य, मान्छा, मासु, तरकारी, फलफूल, दूध, पानि अण्डा पसलहरु बिहान ५ देखि १० बजेसम्म खोल्न पाइने छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif