Saturday, 15th August, 2026
वि.स.

मानवीय सेवामा युवा संघ : थाहा–४ का उपचारारत अधिकारीलाई सहयोग प्रदान

yuba-sangh-1637058506.jpg

नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले थाहा नगरपालिकामा सक्रियता देखाउन थालेको छ । यसैक्रममा सो संगठनले आफ्नै पहलमा रकम संकलन गरी थाहा नगरपालिका वडा नम्बर ४ का एक परिवारलाई सहयोग उपलब्ध गराएको छ । 

थाहा–४ की शारदा अधिकारी घाँस काट्ने क्रममा रुखबाट लडेर घाइते भएपछि उपचारार्थ ठूलो रकम खर्च भइरहेकोले सानो भए पनि सहयोग पुगोस् भन्ने उद्धेश्यले आर्थिक सहयोग उपलब्ध गराइएको युवा संघ थाहानगरका अध्यक्ष प्रदिप भट्टले थाहा टाइम्सलाई बताए । भट्टको नेतृत्वमा अधिकारीको घरमा पुगेको संगठनले रु.३३,३९० प्रदान गरिएको युवा संघ थाहानगरका सचिब सुमन रायमाझीले जानकारी दिए । 

नेकपा एमाले थाहा–४ का वडा कमिटी अध्यक्ष रामराजा केसीको प्रमुख आतिथ्यतामा एक कार्यक्रम गरी शारदाका श्रीमान् रघुनाथ अधिकारीलाई रकम हस्तान्तरण गरिएको रायमाझीले बताए । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif