Saturday, 15th August, 2026
वि.स.

थाहानगरको वार्षिक समिक्षाः ८७.१८ प्रतिशत वित्तिय प्रगती

मकवानपुर थाहा नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को समक्षा गरेको छ ।

नगरपालिकाको आयोजनामा पालिका कार्यालयमा भएको समिक्षा कार्यक्रम नगर प्रमुख लवशेर विष्टको अध्यक्षतामा भएको कार्यक्रममा थाहा नगरपालिकाका १२ वटै वडाका वडा अध्यक्ष, वडा सदस्यहरु तथा कार्यपालिका सदस्यहरुको समेत सहभागिता रहेको थियो । 

कार्यक्रममा विषयगत तथा क्षेत्रगत रुपमा भएको खर्चको विषयमा जानकारी गराइएको थियो । 

पालिकाले ८७.१८ प्रतिशत वित्तिइ प्रगती रहेको प्रमुख लवशेर विष्टले जानकारी गराए । खर्च मध्ये पुँजीगततर्फ ८६.१६ र चालु ८८.०५ प्रतिशत वित्तिय प्रगती रहेको उनले जानकारी गराए । कार्यक्रममा उपस्थित पत्रकारहरुको जिज्ञासामा प्रमुख विष्टले शत्प्रतिशत प्रगती हुने अपेक्षा गरिएपनि कोभिड–१९ का कारण त्यो संभव नभएको धारणा राखे ।

कार्यक्रममा पालिकाका शाखा प्रमुख तथा कर्मचारी र स्थानीय राजनीतिक दलहरुको समेत उपस्थिती रहेको थियो । 

हेर्नुहोस बजेट खर्च विवरणः



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif