Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

माछा मार्ने विषयमा झडप हुँदा महिलाको मृत्यु

w-d-1607937274.jpg

सार्वजनिक पोखरीमा माछा मार्ने विषयमा सप्तरीको बोदेबर्साइनमा विवाद भएर झडप हुँदा साेमबार बिहान एक महिलाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बोदेबर्साइन नगरपालिका–३ की ४५ वर्षीया गङ्गीयादेवी मण्डल रहेको प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले बताए । सो झडपमा अन्य चार जना घाइतेसमेत भएका प्रहरीले जनाएको छ । त्यसमा एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  

प्रहरी नायब उपरीक्षक साहका अनुसार सार्वजनिक पोखरीमा माछा मार्ने विषयमा आइतबार दिउँसो स्थानीयवासीबीच विवाद भएको थियो । सो विवाद बढ्दै जाँदा रातिसम्म दोहोरो झडप भएको जनाइएको । दुवै पक्षले बञ्चरो, भाटालगायतका घरेलु सामग्री बोकेर झडपमा उत्रिएपछि झन वादविवादले उग्ररुप लिएको थियो । 

सोही झडपका क्रममा घरेलु हतियार प्रहार भएर घाइते भएकी गङ्गीयादेवीको आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान कार्य थालिएको प्रहरी नायब उपरीक्षक साहले जानकारी दिए ।रासस



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०