Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

माघ १० बाट दुई महिना भिमफेदी-कुलेखानी सडक बन्द [यस्तो छ, सूचना]

vimfedi-1611318696.jpg

हेटौंडाबाट भीमफेदी, कुलेखानी हुँदै काठमाण्डाै प्रवेश गर्ने छोटो दूरीको सडक दुई महिनाका लागि बन्द हुने भएको छ । निर्माणाधीन भीमफेदी–कुलेखानी सडकखण्ड १० माघदेखि आउँदो चैत १० गतेसम्मका लागि बन्द हुने भएको हो । बागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालय, हेटौंडाका प्रवक्ता हरिप्रसाद ओझाले निर्माणाधीन भीमफेदी–कुलेखानी सडकका घुम्तीमा ढलान हुने भएकाले सडक हुन लागेको जानकारी दिए ।

भीमफेदी–कुलेखानी १६ किलोमिटर सडकखण्डमा मोड सुधार, सडक चौडालगायतका कार्य भइरहेको छ । यो सडकखण्ड भएर ओहोरदोहोर गर्नेलाई वैकल्पिक सडक प्रयोग गर्न पनि उनको आग्रह छ।

भीमफेदी–कुलेखानी सडक बन्द भएपछि हेटौंडाबाट काठमाण्डाै आउन अब त्रिभुवन राजपथ, कान्तिलोकपथ वा पृथ्वी राजमार्ग प्रयोग गर्नुपर्ने हुन्छ ।

हेर्नुहोस् सूचनाः

p-1611299882.jpg

 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०