Saturday, 15th August, 2026
वि.स.

माघ मसान्तसम्म भौतिक उपस्थितिमा पढाइ सञ्चालन नगर्न सिफारिस

Classroom-1643382812.jpg

कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले माघ मसान्तसम्म भौतिक उपस्थितिमा पठन पाठन नगर्न सिफारिस गरेको छ ।

१४ माघमा बसेको बैठकले अहिलेपनि कोरोना महामारीको जोखिम रहेकाले माघ मसान्तसम्म भौतिक उपस्थितिमा पढाइ सञ्चालन नगर्न मन्त्रिपरिषदमा सिफारिस गरेको हो ।

सीसीएमसीसीका सचिव रामप्रसाद थपलियाले जनस्वास्थ्यका विज्ञहरुले मानिसहरुबीच सम्पर्क कम गर्नुपर्ने सुझाव दिएकाले भौतिक उपस्थितिमा पढाइ सञ्चालन नगर्न सिफारिस गरेको बताए ।

यसअघि सरकारले १५ माघसम्म भौतिक उपस्थितिमा पढाइ सञ्चालन नगर्ने निर्णय गरेको थियो । १५ माघदेखि २० माघ सम्म बालबालिकालाई खोप लगाउनका लागि विद्यालयहरु भने खुल्नेछ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif