Wednesday, 19th August, 2026
वि.स.

थाहामा माओवादी केन्द्रको मेयर र उपमेयरको उमेद्वार घोषणा

नेकपा माओवादी केन्द्रले मकवानपुर थाहा नगरपालिकाको मेयर तथा उपमेयर पदका लागि उमेद्वार घोषणा गरेको छ ।

थाहा नगरपालिकाको मेयर पदमा लवशेर विष्ट र उपमेयरमा शकुन्तला गोपालीलाई उमेद्वार बनाउने निर्णय सार्वजनिक गरेको छ । नेकपा माओवादी केन्द्र मकवानपुरले थाहा नगरपालिकाको मेयर र उपमेयर पदको उमेद्वार निर्णय गरेको हो ।

मेयरका अर्का अकांक्षी विष्णु विष्ट ‘आदर्श’ यस पटक पनि उमेद्वार बन्नबाट पछि हटेका छन् । विष्ट पहिलो र दोस्रो संविधानसभा चुनावमा पनि आकांक्षी देखिएका थिए ।
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif