nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 15th May, 2024
वि.स.
1000043965-1707579226.jpg

माओवादी केन्द्रको थाहा ७ नम्बर वडा अध्यक्षमा थिङ

Mao-07-1503456528.jpg

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र थाहा नगर वडा नं. ७ को अध्यक्षमा नेमराज थिङ चयन भएका छन् । थिङको अध्यक्षतामा अधिवेशनले २१ सदस्यीय कमिटि निर्माण गरेको हो । 

अधिवेशनबाट उपाध्यक्षमा रामबहादुर स्याङ्तान, कोषाध्यक्षमा चित्र कुमारी मोक्तान, सचिवमा निराजन कार्की र सहसचिवमा लक्ष्मी खत्री चयन भएका छन् । त्यसैगरि सदस्यहरुमा पूर्ण बहादुर थिङ, राजु ठकुरी, राजेश खत्री सानोभाई मुक्तान लगायत रहेका छन् । माओवादी केन्द्र केन्द्रिय महाधिवेशन आयोजक कमिटि सदस्य विनायक गोलेको प्रमुख आतिथ्यता तथा वडा नं. ७ का पूर्व पार्टी ईन्चार्ज सनम सिंह मुक्तानको सभाध्यक्षतामा अधिवेशन भएको हो । 

त्यसैगरि अधिवेशनले जितेन्द्र कुमार थिङको संयोजकत्वमा ९ सदस्यीय सल्लाहकार कमिटि चयन गरेको छ ।
 









Makai-bali-prabardhan-1706086965.jpg
bali-bima-ko-suchana-1701933793.jpg
1000043372-1706361050.jpg