Thursday, 27th August, 2026
वि.स.

माओबादी नेता ‘आदर्श’ लाई कोरोना सङ्क्रमण पुष्टि

191680911_855307848717048-1622448189.jpg

नेकपा माओबादी (केन्द्र) बागमती प्रदेश कमिटी सचिवालय सदस्य विष्णु विष्ट ‘आदर्श’ लाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।            

आज सोमबार थाहा नगरपालिका ३ दम्कीमा गरिएको एन्टिजेन परीक्षणमा नेता ‘आदर्श’ लाई सङ्क्रमण पुष्टि भएको हो । 

सङ्क्रमण पुष्टि भएपछि आदर्शले अब स्वास्थ्यका सबै मापदण्ड पूरा गरी ‘होम आइसोलेशन’मा बस्ने बताए । आदर्शले आफूमा घाँटी खसखसाउने समस्या बाहेक अन्य कुनै लक्षण नरहेको बताए । 

सोमबार दम्कीमा ३४ जनाको एन्टिजेन परीक्षण गर्दा आदर्शसहित ५ जनामा सङ्क्रमण पुष्टि भएको छ । नेता आदर्श थाहा नगरपालिकाका राजनीतिक सल्लाहकारसमेत रहेका छन् । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif