nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

माओबादीले जिते हेटौंडा सम्मुन्नत नगर बन्छ: उमेद्वार बल

स्थानीय तहको निर्बाचनको लागी माओबादी केन्द्रका तर्फबाट हेटौंडा उपमहानगरपालिकाका मेयर पदका प्रत्यासी बलराम बलले आफुले जिते हेटौंडालाई समुन्नत नगर बनाउने दाबी गरेका छन् । ८ वैशाखमा माओबादी हेटौंडा उपमहानगरपालिका—१८ हर्नामाडीमा घरदैलोकायक्रममा नेता बलले यस्तो दाबी गनुभएको हो ।
 उहाँले आफुनो जित सम्पुर्ण नगरबासीको जित हुने बताउदै हेटौंडामा बिशेष योजनाहरु निर्माण गरेर महङगी घटाउने, बिकास नर्माणको गती तिब्र
बनाउने लगाएत भर्खरै हेटौंडामा गाभिएका गाबिस तथा वडाहरुमा बजार सरह बिकास गरेर देखाउने बताए ।

नेता बलले यूवा र बृद्ध, महिला, जनजाती लगाएत पछाडी परेकाहरुको लागी समेत सामाजिक बिकासको लागी ठोस योजना र कार्यक्रम ल्याउने जानकारी गराए । उनले भने–“माओबादी केन्द्रको उपहार नगर, गाँऊमा सिंहदरबार भन्ने नारा मात्र होईन अहिलेको चुनाब नै यसको कार्यान्वयनको प्रक्रिया हो।” उपमियरकी उम्मेदवार कमला पौडेलले उपमेयरले नगरको न्यायिक क्षेत्र हेर्ने ब्यबस्था रहेको हुंदा आफुले जिते निश्पक्ष भएर न्याय गर्दै बिकासमा टेवा पु¥याउने बताए ।

हर्नाफाँटबाट सुरु भएको अभियान देवाती टोल, एक्लेखेत हुंदै ठुलदमारमा पुगेर बिसर्जन भएको थियो । घरदैलो कार्यक्रममा माओबादी केन्द्र मकवानपुरका नेताहरु  प्रकाश पाण्डे, कमानसिं पाख्रिन (पृथक), बिबेक राई, शेरबहादुर पहरी, रामशरण घिमिरे हेटौंडा—१८ का वडा अध्यक्ष उम्मेदवार भोला थापा लगाएतकाले माओबादी केन्द्रलाई जिताउनुपर्ने कारणको बारेमा मतदाताहरुलाई बताएका थिए ।