Saturday, 4th July, 2026
वि.स.

तेस्रो थाहा महोत्सवमा कलाकारको ओइरो लाग्ने


आगामी १० कार्तिक देखि १८ गतेसम्म आयोजना हुने तेस्रो थाहा महोत्सवमा राष्ट्रिय कलाकारहरुको आइरो लाग्ने भएको छ ।
दर्शकहरुलाई भरपुर मनोरन्जन दिन र स्थानीय कलाकारहरुसँगको सम्बन्धलाई प्रगाढ बनाई उनीहरुको हौसला बढाउन राष्ट्रिय कलाकारहरुलाई ठूलो सङ्ख्यामा उतार्न लागिएको आयोजक थाहानगर उद्योग वाणिज्य संघका महासचिब सुरेन्द्रमान प्रधानले बताए ।
महासचिब प्रधानका अनुसार महोत्सवको उद्घाटनकै दिनदेखि राष्ट्रियरुपमा ख्याती प्राप्त र दर्शकहरुको मागमा आधारित कलाकारहरुो प्रस्तुती रहनेछ । अन्तिम दिन १८ गते पनि कलाकारहरुको प्रस्तुती रहनेछ ।
आयोजकका अनुसार दोहोरी, पप, आधुनिक, गजल, हास्यलगायतका कलाकारहरु आउने छन् । हरेक दिन विविध विधाका कलाकारहरु आउने भएकाले हरेक दिन सबै दर्शकहरुलाई भरपुर मनोरन्जन हुने बताइएको छ ।
अघिल्लो महोत्सवमा सर्वाधिक दर्शकहरुको मन जित्न सफल गायक प्रमोद खरेल र बद्रि पङ्गेनी यसपटक पनि आउनेछन् । यस्तै अन्य केही कलाकारहरु पनि आउने पक्का भइसकेको आयोजकले बताएको छ, तर ती नामहरु भने महोत्सवकै बीचमा सार्वजनिक गरिने आयोजकले बतायो । आयोजकका अनुसार कलाकारहरु टङ्क बुढाथोकी, उमादेवी खानाल, मिलन लामा, हेमन्त शर्मा, प्रकाश सपुत, प्रिति आले, रमेशराज भट्टराई, रुपा घर्तीगगर, चन्द्र शर्मा, भूमिका गिरी, साहिमा श्रेष्ठ लगायत कलाकारहरु आउने निश्चित भैसकेको छ । त्यस्तै ‘मन विनाको धन ठूलो कि धन विनाको मन’ का गायक बाल कलाकार अशोक दर्जी मेलाको अर्को आकर्षणको रुपमा रहनेछन् ।
जादुगर बलराम सरकार र हास्य कलाकारहरु बल्छी ध्रुबे, राजु मास्टर, दिनेश काफ्लेसमेत आउने बताइएको छ । त्यस्तै चर्चित नृत्याङ्गानाहरु सीता भुषाल, सविता भुषाल र आस्था कला केन्द्र मनहरीका कलाकारहरु आउने पक्का भएको छ ।
महोत्सवमा थाहानगरका चर्चित कलाकारहरुको समेत प्रस्तुती रहनेछ । दैनिकरुपमा प्रत्यक्ष बाजामा लोकदोहोरी समेत रहने बताइएको छ ।

महोत्सवमा लोकदोहोरी गायक दिपक खड्काको नियमित प्रस्तुती रहनेछ । उनी हरेक  दिनको साँस्कृतिक कार्यक्रमका ‘होस्ट’ समेत हुन् ।
महोत्सव थाहा नगरपालिका–३ इन्द्रायणी चौरमा सञ्चालन हुनेछ । थाहा महोत्सवको यो तेस्रो श्रृङ्खला हो ।

 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०