Thursday, 27th August, 2026
वि.स.

महालक्ष्मी विकास बैंकको बिमा योजना कार्यक्रम अन्र्तगतको रकम हस्तान्तरण

mahalaxmi-bank-palung-sak-1617620238.jpg

महालक्ष्मी विकास बैंक लिमिटेड तथा नेशनल लाईफ इस्योरेन्स बिचको सहकार्यमा महालक्ष्मी विकास बैंक लिमिटेड शाखा कार्यालय पालुङबाट विपन्नवर्ग तथा कृषिकर्जामा गरिएको सान कर्जाहरुको लघु अमृत म्यादी बिमा योजना अन्र्तगतको रकम हस्तान्तरण गरिएको छ ।

 रकम हस्तान्तरण कार्यक्रममा थाहा नगरपालिका वडा नम्बर १ को देगु माया बलामीको मृत्यु हकदावी विमा वापतको रकम हकवाला रविन बलामीलाई ८२,५०० र थाहा नगरपालिका वडा नम्बर १० को बिष्णु मगरको हकदावी विमा वापतको रकम हकवाला कल्पना घर्तिलाइ ५,२५,००० बैङका ए सि इ ओ जलज कुमार अधिकारी र डेप्युटि म्यानेजर जोशन शर्माद्वारा आइतबार एक  कार्यक्रमकाे िबच हस्तान्तरण गरिएको छ । कार्यक्रममा मृतकको स्मृतिमा १ मिनेट मौन धारण गरि मृत आत्माको चिर शान्तिको कामना समेत गरिएको थियो ।

कार्यक्रममा शाखा प्रबन्धक संगिता बज्राचार्यले कृषि तथा विपन्नवर्ग कर्जा अन्र्तगत लघु अमृत म्यादी योजनाको बारेमा पारेकि थिइन । कार्यक्रममा स्थानिय , स्थानिय जनप्रतिनिधि ,पत्रकार,बैङका ए सि इ ओ, डेप्युटि म्यानेजर, शाखा प्रबन्धक तथा कर्जा शाखाका कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम बैंकका कर्मचारीहरु शरद हमाल र सुशान्त ढकालले सञ्चालन गरेका थिए ।
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif