Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

महालक्ष्मी विकास बैंकको नाफा ७१ प्रतिशत

IMG_20210721_203716-1626879176.jpg

खुद व्यापार आम्दानी र अन्य सञ्चालन आम्दानी ह्वात्तै बढ्दा महालक्ष्मी विकास बैंकले नाफामा छलाङ मारेको छ। बैंकले गत आर्थिक वर्ष ७१ प्रतिशतले नाफा बढाएको छ।

अघिल्लो वर्ष ४२ करोड ८५ लाख रुपैयाँ नाफा गरेको कम्पनीले गत आर्थिक वर्ष ७३ करोड २९ लाख रुपैयाँ नाफा गरेको छ। 

बैंकले व्यापार वृद्धि गरेरभन्दा पनि अन्य आम्दानीका कारण नाफामा छलाङ मारेको हो। कम्पनीको व्यापार अर्थात ऋण २.२७ प्रतिशतले मात्र बढेको छ। ग्राहकलाई दिएको ऋण ३० अर्ब १० करोड रुपैयाँ पुगेको छ। बैंकले खुद ब्याज आम्दानी १.५ प्रतिशतले बढाएर एक अर्ब ५६ करोड रुपैयाँ पुर्‍याएको छ।

बैंकले खुद व्यापार आम्दानी ४६ लाख ६४ हजार रुपैयाँबाट बढाएर १६ करोड ५४ लाख रुपैयाँ गरेको छ। यसबाहेक अन्य सञ्चालन आम्दानी ३ करोड ३८ लाखबाट बढाएर १६ करोड ४९ लाख रुपैयाँ पुर्‍याएको छ।

यद्यपि बैंकको ऋण नोक्सानी व्यवस्थापन रकम भने २३ करोड नाघेको छ। वैशाखदेखि असार मसान्तसम्मको त्रैमासमा मात्र १८ करोड रुपैयाँ नोक्सानी व्यवस्थापन गर्नु परेको छ। 

३ अर्ब ३४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको पुँजी पर्याप्तता अनुपात १३.६७ प्रतिशत छ। खराब ऋण २.८ प्रतिशतबाट बढेर ३.३२ प्रतिशत पुगेको छ। बैंकको कोष लागत साढे सात प्रतिशतबाट घटेर साढे ५ प्रतिशतभन्दा तल आएको छ। कर्जा-पुँजी-निक्षेप अनुपात ८० प्रतिशतभन्दा थोरै मात्र कम छ। 

ऋणको आधार दर ९.९५ बाट घटेर ७.२८ प्रतिशतमा सीमित भएको छ भने स्प्रेड दर थोरै बढेको छ। बैंकको स्प्रेड ४.३५ प्रतिशतबाट ४.५३ प्रतिशत पुगेको छ। बैंकको प्रति सेयर आम्दानी २२ रुपैयाँ हाराहारी छ।  

 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०