Friday, 17th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

महालक्ष्मी बैंक पालुङ शाखाकाे सामाजिक उत्तरदायित्व : विपन्न विद्यार्थीलाई न्यानाे कपडा

IMG_20220109_213511-1641743468.jpg

महालक्ष्मी विकास बैंक पालुङ शाखाले हरेक वर्ष बैंकको सामाजिक उत्तरदायित्व अन्तरगत सामाजिक कार्य गर्दै आइरहेकाे छ । साेही क्रममा साे शाखाले यस वर्ष जाडाेले कठ्याङ्ग्रिएर विद्यालय आउन समस्या भाेगिरहेका विद्यार्थीहरुलाई न्यानाे कपडा सहयाेग गरेर उनीहरुकाे नियमित शिक्षामा याेगदान गरेकाे छ । 

महालक्ष्मी विकास बैंक पालुङ शाखाले थाहा-७ डाँडाबासस्थित सुन्दरीदेवी प्राविधिक तथा साधारण माध्यमिक विद्यालयमा अध्ययनरत विपन्न परिवारका बालबालिकालाई पोलार ज्याकेट बितरण गरेको शाखा प्रवन्धक संगिता बज्राचार्यले थाहा टाइम्सलाई जानकारी दिइन् ।

बैंकको सामाजिक उत्तरदायित्व अन्तरगत साे माविका ६३ जना छात्र-छात्रालाई ज्याकेट बितरण गरिएको बैंकका शरद हमालले जानकारी दिए । 

जाडाेमा न्यानाे कपडा पाएपछि विद्यार्थीहरु खुशी भएका छन् ।  बैककाे सहयाेगप्रति विद्यालयका प्रधानाध्यापक प्रताप सिं गाेले र विद्यालय व्यवस्थापन समिति अध्यक्ष विनायक गाेलेले धन्यवाद व्यक्त गरेका छन् । साे अवसरमा वैंकका बज्राचार्य, हमाल, सुशान्त ढकाल, विद्यालयका प्रतिनिधि तथा विद्यार्थीहरुकाे सहभागिता रहेकाे थियाे । 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०