Thursday, 27th August, 2026
वि.स.

महाराष्ट्रको अस्पतालमा अक्सिजन लिक हुँदा ११ जनाको मृत्यु

o-1619000652.jpg

भारतको महाराष्ट्रको नासिकस्थित डाक्टर जाकिर हुसेन अस्पतालमा अक्सिजन ट्यांक लिक हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ ।

नासिक नगर निगमका आयुक्त कैलाश जाधवले उक्त घटनामा ११ जनाको मृत्यु भएको पुष्टि गरेका हुन् । अक्सिजन लिकेज भएकाले अस्पतालमा आधा घण्टासम्म आपूर्ति रोकिएको थियो ।

जाधवका अनुसार अहिले प्राविधिक इन्जिनियरको सहयोगमा लिकेज बन्द गरिएको छ । तर, अस्पतालमा अब केवल २५ प्रतिशत अक्सिजन बचेको छ । कम अक्सिजन आपूर्तिको कारण भेन्टिलेटरमा भएका मानिसहरु जीवित रहन गाह्रो हुने उनले बताए । उनले अहिले घटनाको विषयमा अनुसन्धान भइरहेको र दोषीलाई कडा कारबाही हुने बताए ।

भारतीय समाचार एजेन्सी एएनआईका अनुसार अस्पतालमा ट्यांकरबाट अक्सिजन भर्ने क्रममा अक्सिजन लिकेज भएको हो ।

एजेन्सीहरुको सहयोगमा



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif