nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 19th May, 2024
वि.स.
1000043965-1707579226.jpg

मलेसियामा नेपालीको रहस्यमय मृत्यु, शव ल्याइँदै

कञ्चनपुर, १ माघ । वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका कञ्चनपुरको देखतभूली–७ बिचपट्टिका पैलाद रानाको रहस्यमय मृत्यु भएको छ ।

मलेसियाको केलमा रहेको बासै होटेलको शौचालयमा राना मृत अवस्थामा फेला परेका हुन् । काम गर्दै आएको कम्पनीबाट घुम्नका लागि बाहिर गएका बेला उनी मृत फेला परेको सोही ठाउँमा काम गर्दै आएका व्यक्तिले मृतकका परिवारलाई खबर गरेका हुन् ।

मृतकका बुबा लालबहादुर रानाले छोराको हत्या भएको बताउनुभएको छ । विभिन्न सङ्घसंस्था र मलेसियामा कार्यरत नेपालीको सहयोगमा शव ल्याउने कार्य भइरहेको उहाँले बताउनुभयो ।

एक साताअघि मृत अवस्थामा रानाको शव फेला परेको थियो । मृतकका एक छोरा, एक छोरी, श्रीमती र आमाबुबा रहेका छन् । घरको अवस्था निकै दयनीय रहेका राना कर्जा लिएर रोजगारीका लागि मलेसिया गएका थिए । रासस