Tuesday, 21st April, 2026
वि.स.
Thaha-002-1774415222.gif

मन्त्रीद्वयबाट पहिराे र क्षतिकाे निरीक्षण, सुरक्षित स्थान छनाेट गर्न निर्देशन

IMG_20210806_175637-1628251929.jpg

बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री केशव पाण्डे र सामाजिक बिकास मन्त्री सरस्वती बस्नेतले दोलखा जिल्लाको कालिन्चोक गाउँपालिका ५ स्थित लापिलाङमा पहिरोको स्थलगत निरीक्षण गरेका छन् । 

२२ साउनमा मन्त्रीद्वयले सामूहिक रुपमा दोलखाको कालिन्चोकस्थित घट्टेखोलाको वरिपरि गएको रानीबन पहिरोको स्थलगत निरीक्षण गरेका हुन्  । पहिरोको निरीक्षण र स्थानीयसँग भेटघाटसँगै मन्त्रीहरुलाई वडा नं ५ का अध्यक्ष सुबास थामीले पहिरोको तत्कालीन तथा दीर्घकालीन समाधानको मागपत्र सहित ध्यानाकर्षण पत्र बुझाएका थिए । 

पत्र बुझ्दै मन्त्रीहरुले तत्काल प्रतिपरिवार राहत स्वरुप  रु. २५ हजार र घर निर्माणका लागि प्रतिपरिवार रु. ४ लाख दिने प्रदेश सरकारको निति भएकोले बस्ती स्थानान्तरणका लागि तत्काल सुरक्षित स्थान पहिचान गर्न स्थानीय सरकारलाई निर्देशन दिएका छन् । 

गतबर्ष बर्षात्मा शुरु भएको पहिरोले ९ घर बगाएको थियो । यस बर्ष पनि पहिरो थपिएपछि लापिलाङ गाउँ नै जोखिममा परेको स्थानीयले बताएका छन् ।

पहिरोले हालसम्म कुनै मानवीय क्षति नभए पनि साे वडाका करिब एक  सय परिवार जोखिममा परेका छन् । 

अवलोकनमा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष श्याम बस्नेत, प्रदेश सांसद जुनेली श्रेष्ठ, दोलखा जिल्ला समन्वय सभापति डबल पाण्डे, प्रमुख जिल्ला अधिकारी बासुदेब घिमिरे, कालिन्चोक गाउँ पालिका उपाध्यक्ष कालिका पाठकसमेतकाे सहभागिता रहेकाे थियो ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०