Monday, 24th August, 2026
वि.स.

मनाङको चामेमा बाढीबाट ३ सय परिवार विस्थापित

1-1623825127.jpg

 मनाङको चामेमा बाढीका कारण ३ सय परिवार विस्थापित भएका छन् । बजारबाट बग्ने दुईवटा ठाडो खोला र मर्स्याङ्दी नदीको जलस्तर अत्यधिक माथी गएपछि चामे बजार क्षेत्र थ्रेटमा परेको मनाङका प्रजिअ विष्णु लामिछानेले बताए । 

‘३ सय परिवार कारागारको नव निर्मित भवनमा आश्रय लिएर बसेका छन्’ प्रजिअ लामिछानेले भने–‘ताल भन्दा तलको बस्ती पुरै डुबानमा छ ।’

तिलिचो तालभन्दा लतको बस्ती डुबानमा परेपछि त्यहाँका स्थानिय डाँडामा आश्रय लिएर बसेका छन् । काठमाडौंबाट राहत लिएर मनाङ जान लागेको हेलिकप्टर खराब मौसमका कारण उड्न सकेको छैन् । 
‘खराब मौसमका कारण काठमाडौंबाट हेलिकप्टर आउन सकेको छैन’ प्रजिअ लामिछानेले भने–‘विस्थापित परिवारका लागी काठमाडौं बाट राहत ल्याउँदै छौं ।’ अपर मर्स्याङ्दीको न्याओल भन्ने स्थानमा पनि पहिरोको जोखिम बढेको छ । प्रशासनले त्यहाँका मानिसलाई सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif