Saturday, 15th August, 2026
वि.स.

मध्यभोटेकोशी जलविद्युतको आईपीओमा आवेदन दिने म्याद थपियो

823-1627786092Madhya-1627788359.jpg

सिन्धुपाल्चोक जिल्लाका स्थानी आयोजना प्रभावितका लागि निष्कासन गरिएको पहिलो चरणको मध्यभोटेकोशी जलविद्युत कम्पनीको आर्यपीओमा आवेदन दिन म्याद थप १५ दिन गरिएको छ। 

यसअघि  १७ साउनसम्म आवेदन दिनुपर्ने भनिएकोमा  अब यो आईपीओ आयोजना प्रभावितले यही साउन ३२ गतेसम्म आवेदन दिन पाउने भएका छन्। 

कम्पनीले पहिलो चरणमा कुल ६० लाख कित्ता आईपीओ जारी गरेको छ। जसमा सिन्धुपाल्चोक जिल्लाको आयोजना प्रभावित क्षेत्र भोटेकोशी गाउँपालिका वडा नम्बर १ र ५ (साविक साविक लिस्ती गाविस र साविक मार्मिङ गाविस), बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ (साविक गाती गाविस) तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ (साविक घुम्थाङ गाविस र साविक मानेश्वरा गाविस) मा स्थायी बसोबास गर्ने बासिन्दाका लागि ३० प्रतिशतले हुन आउने १८ लाख कित्ता साधारण सेयर र सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रमा स्थायी बसोबास गर्ने बासिन्दाका लागि ७० प्रतिशतले हुन आउने ४२ लाख कित्ता साधारण सेयर निष्कासन गरिएको छ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif