nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मधेसको माग सम्बोधनबिना चुनाव असंभव–थापा

Raprapa-1479468462.jpg

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)नेपालका अध्यक्ष कमल थापाले १४ महिना भित्र स्थानीय, प्रदेश र केन्द्रको चुनाव सक्नुपर्ने बताएकाछन् । अध्यक्ष थापाले मधेसको माग संवोधन गर्नुपर्ने ओल्याउँदै नत्र चुनाव असंभव भएको उल्लेख गरे ।  

हेटौँडमा ३ मंसीरमा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले आफुहरु कहिल्यै पनि संघियताको पक्षधर नभएपनि संविधानमा नै प्रादेशिक संरचना रहेकोले यसलाई स्विकार गरेको बताए । नेपालमा प्रदेशको संरचना बैज्ञानिक तथा अनुसन्धान गरेर लागु नगरिएको उनको कथन थियो । अध्यक्ष थापाले अब मुलुकको नेतृत्व राष्ट्रवादी धारले गर्ने बताए  । 

कार्यकर्ता भेलामा राप्रपा नेपालका केन्द्रीय सदस्य तथा नारायणी अञ्चल प्रमुख मधु अधिकारी, राप्रपा नेपालका खेलकुद विभाग प्रमुख गणेश थापालगायतले मन्तव्य ब्यक्त गरेका थिए ।
 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)