Wednesday, 26th August, 2026
वि.स.

मदन भण्डारी विश्वविद्यालयलाई डेढ अर्ब

m-v-1622437953.jpg

 काभ्रेमा निर्माणका लागि जग्गा प्राप्ति भएको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय निर्माण कार्यका लागि १ अर्ब ५५ करोड विनियोजन भएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले शनिबार प्रस्तुत गरेको बजेटमा ‘विज्ञान तथा प्रविधिका क्षेत्रमा विश्वस्तरको जनशक्ति उत्पादन गर्न स्थापित’ मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय आगामी वर्ष सञ्चालनमा ल्याइने उल्लेख छ । काभ्रेको पाँचखालमा पूर्वाधार निर्माणको विस्तृत परियोजना प्रतिवेदन तयार गरी निर्माण कार्य आरम्भ गर्न १ अर्ब ५५ करोड रुपैयाँ विनियोजन भएको छ ।

पाँचखाल र नमोबुद्ध नगरपालिका केही वडामा निर्माण हुने विश्वविद्यालयका लागि १० हजार ३ सय रोपनी जग्गा विश्वविद्यालयको पूर्वाधार विकास समितिको नाममा नामसारी भइसकेको छ । पाँचखालमा केन्द्रीय संरचना रहने विश्वविद्यालयको मकवानपुरको चित्लाङमा इन्जिनियरिङ संकायको पूर्वाधार निर्माण गरिने वक्तव्यमा उल्लेख छ । बजेट वक्तव्यमा पाँचखालमा निर्माणाधीन विशेष आर्थिक क्षेत्र ९सेज० को पूर्वाधार निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याइने उल्लेख छ । विशेष आर्थिक क्षेत्रको पूर्वाधार विकासको लागि ५२ करोड रुपैयाँ विनियोजन भएको छ ।

पाँचखालस्थित सेजको जग्गामा प्रशासनिक भवन निर्माण मात्र सुरु भएको छ । विशेष आर्थिक क्षेत्र प्राधिकरणले २०६८ सालमै सरकारी जमिन ९वन क्षेत्र० प्राप्त गरेको भए पनि काम सुरु हुन सकेको थिएन । सेजका लागि ५० हेक्टर ९एक हजार रोपनी० वन क्षेत्र खरिद गरिएको छ । पाँचखालको देवीस्थान पाँडुल्ला सुवर्णेश्वरी सामुदायिक वनको ६ सय रोपनी र शिखरपुरको ४ सय गरी १ हजार रोपनी जग्गा वन मन्त्रालयले २० करोड रुपैयाँमा उद्योग मन्त्रालयलाई प्रदान गरेको थियो । निर्यातमूलक उद्योग प्रवर्द्धनका लागि पाँचखालमा सेज स्थापना गर्न लागिएको हो । यहाँ ५२ वटा निर्यातमूलक उद्योग स्थापना हुनेछन् । पाँचखालमा काष्ठजन्य उद्योगको सम्भाव्यता भएको समितिको गुरुयोजनामा उल्लेख छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif