Wednesday, 19th August, 2026
वि.स.

मकवानपुर २ को (ख) मा बानियाँको अग्रता,थापाको मत कति ?

Indra_Lalbadur-768x432-1669084328.jpg

६ मङ्सिर २०७९,मङ्गलबार                                            मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर–२ को (ख) मा गठवन्धनका उम्मेदवार इन्द्र बहादुर बानियाँले सुरुवाती देखि अहिले सम्म अग्रता कायम गरेका छन् । एमालेका लालबहादुर थापा भने दोस्रो स्थानमा छन् । धेरे मतगणना हुँदा मतअन्तर पनि फराकिलो बन्दे गएको छ ।

हेटौंडामा भइरहेको मतगणनाका अनुसार, बानियाँले एमालेबाट उम्मेदवार बनेका लालबहादुर थापालाई १ हजार १५७ मतले पछि पार्दै अग्रता लिएका हुन् । बानियाँले ५ हजार ३५० मत प्राप्त गर्दा थापाले ४ हजार १९३ मत प्राप्त गरेका छन् । यस्तै, राप्रपाका उम्मेदवार बद्री बहादुर खड्का २८४ मत प्राप्त गरेका छन् । हालसम्म १० हजार ३१५ मत गणना भएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif