Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुर प्रहरीद्वारा २ फरार प्रतिवादी पक्राउ

pakrau2-1617091647.jpg

 मकवानपुर प्रहरीले २ जना फरार प्रतिवादीलाई प्रकाउ गरेको छ ।

जिल्ला अदालत मकवानपुरको २०७० फागुन ११ गतेको फैसलाले रहजनी चोरी मुद्दामा ३ महिना, १५ दिन कैद भुक्तान गर्न बाँकी रहेका फरारप्रतिवादी हेटौडा उपमहानगरपालिका वडा नं १९ बस्ने वर्ष ३० को सुमन पाख्रिनलाई पक्राउ गरेको छ । उनलाई सोमवार हेटौंडा १९ स्थितबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कैद भुक्तानको लागि सम्मानित अदालत मकवानपुरमा उपस्थित गराईएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

अर्का फरार प्रतिवादी रौतहट राजदेवी नगरपालिका वडा नं ०३ बस्ने वर्ष २९ को विनय गिरी भन्ने ब्रज किशोर गिरीलाई रौतहट राजदेवी नगरपालिका वडा नं ०३ स्थितबाट चैत १२ गते पक्राउ गरिएको हो । उनलाई जिल्ला अदालत मकवानपुरको फैसलाले लागुऔषध गाँजा मुद्दामा एक लाख रुपैया जरिवाना भुक्तान गर्न बाँकी रहेकामा फरार रहेका थिए । गिरीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याई जरिवाना भुक्तानको लागि जिल्ला अदालत मकवानपुरमा उपस्थित गराईएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०