nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुर जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड चैत्र २७ गते देखि

rp-1616233051.jpg

मकवानपुरमा १०औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता आगामी चैत्र २७ गते देखि हेटौंडामा सञ्चालन हुने भएको छ । शुक्रबार जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख एवम् राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशक समितिका संयोजक रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले चैत्र २७, २८ र २९ गते प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले चैत्र २१ ग्ते भित्र जिल्लाका १० वटै स्थानीय तह स्तरिय प्रतियोगिताको छनौट सम्पन्न गराई सक्न र छनौटको प्रतिवेदन, बिजेता खेलाडीको नाम नामेसी जिल्ला खेलकुद विकास समितिमा उपलब्ध गराई सक्न अनुरोध गर्ने निर्णय गरेको छ । हालसम्म जिल्लाका १० मध्ये ४ वटा स्थानीय तहमा छनौट सम्पन्न भईसकेका छन् । हालसम्म जिल्लाको थाहा नगरपालिका, भीमफेदी, मकवानपुरगढी र ईन्द्रसरोवर गाउँपालिकाले छनौट सम्पन्न गरिसकेको र अन्य स्थानीय तहहरुले आगामी चैत्र २० गतेसम्म सम्पन्न गरिसक्ने प्रतिबद्धता आएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख राजन दाहाल (खुसराज) ले जानकारी दिए । 

राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगितामा निर्दे्रशिका अनुसार पालिकामा छनौट गरिएका भलिवल, एथलेटिक्स, कबडी, सितिरियो कराँते, तेक्वाण्डो र उसु खेल सञ्चालन गरी बिजेतालाई खेलाडीलाई प्रदेश स्तरीय राष्ट्रपति रनिङ्शिल्ड प्रतियोगितामा सहभागि गराईने उनले जानकारी दिए।



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)