Monday, 17th August, 2026
वि.स.

मकवानपुर गढीमा सहकारीमार्फत् बजारीकरण

FB_IMG_1629561711851-1629562248.jpg

मकवानपुरगढी गाउँपालिकामा अनाज, तरकारी तथा फलफूलकाे  बजारीकरणमा सहकारी संस्था सक्रिय भएकाे छ । ५ भदाैमा वडा नम्बर २ काे कुर्ले कृषि सहकारी संस्था लि. ले तरकारी संकलन र बजारीकरणको शुभारम्भ गरेकाे छ ।

मकवानपुर गढीले सहकारीमार्फत् अनाज खरिद बिक्रीको कार्य गत आ.व. ०७७/७८ बाटै शुरुवात गरेकोमा चालु आ.व. ०७८/७९ मा तरकारी तथा फलफूलमा समेत बजारीकरणमा प्रोत्साहन अनुदानको कार्यक्रम शुरुवात गरेकाे हो ।

सहकारीमार्फत् बजारीकरणमा अनाज खरिद बिक्रीमा प्रति केजी रु ४ र  तरकारी तथा फलफूल बजारीकरणमा प्रति केजी रु २ का दरले गाउँपालिकाबाट प्रोत्साहन अनुदानको व्यवस्था गरिएकाे कृषि शाखा प्रमुख चन्द्रकान्त चाैधरीले थाहा टाइम्सलाई बताए  ।

सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद हुमागाईको सभाध्यक्षतामा संचालन भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष बिदुर हुमागाईको प्रमुख आतिथ्यता र कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा सहकारी संस्थाका पदाधिकारीहरु, शेयर सदस्यहरु र कृषकहरुको उपस्थिति रहेको थियो ।

गाउँपालिकामा यस वर्ष अनाज, तरकारी तथा फलफूल बजारीकरणका लागि ७ वटा सहकारी सूचिकृत भएका छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०