nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 5th May, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुर उद्योग वाणिज्य संघद्वारा लमजुङ्ग उ.बा.स.लाइ स्वागत

हेटौंडा, माघ २८ । मकवानपुर उद्योग वाणिज्य संघले आज लमजुङ्ग उद्योग वाणिज्य संघ, महिला उद्यमी विकास समितिको भ्रमण टोलीलाई स्वागत गरेको छ । लमजुङ्ग उवासंघ, महिला समितिको सभापति इन्दु न्यौपानेको नेतृत्वमा भ्रमण टोली हेटौंडा आईपुगेको हो । १३ जनाको समूहमा आएको भ्रमण टोलीलाई पुष्पगुच्छा सहित स्वागत गर्दै संघका अध्यक्ष न्यौपानेले संघका गतिविधिहरुलाई संस्थागत रुपमा छलफल हुनुपर्ने र यसो भएमा व्यावसायीले आफ्ना योजना बनाउन सघाऊ पुर्याउने बताउनु भएको थियो । लमजुङ्ग उवासंघका तर्फबाट टोली नेतृ ईन्दु न्यौपाने तथा मउवासंघको तर्फबाट महिला सभापति निलम पाण्डेले महिला उद्यमी गतिविधि प्रस्तुत गर्नु भएको थियो । स्वागत कार्यक्रममा थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्रीले मकवानपुर भ्रमणको क्रममा औद्योगिक क्षेत्रको साथै पर्यटकीय क्षेत्र समेत रहेको मकवानपुरको उत्तरी क्षेत्रलाई पनि भ्रमण तालिकामा राख्न आग्रह गर्नु भयो ।

गत कार्यक्रममा मउवासंघका कोषाध्यक्ष प्रमोद सिंह रानाभाट, सदस्य काव्यमणी अधिकारी, थाहा उवासंघ महिला समिति सभापति आरति श्रेष्ठ, महिला उद्यमी दुर्गा खत्री, मउवासंघ, महिला समितिका सदस्य तथा पदाधिकारीहरुको सहभागिता रहेको थियो । स्वागत कार्यक्रमलाई समितिकी पूर्व सभापति शरिदी श्रेष्ठले समापन गर्नु भएको थियो ।