Monday, 17th March, 2025
वि.स.
Sram-Suchana-1737867666.jpg

मकवानपुर– १ को (ख) मा एकलाल श्रेष्ठको फेरि अग्रता (मतसहित)

eklal-shestra-768x522-1669118506.jpg

मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर १ को प्रदेशसभा (ख) मा नेकपा एमालेका उम्मेदवार एकलाल श्रेष्ठले अग्रता लिएका छन् । यस प्रदेशसभा अन्तरगतको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४,८,१२,१३,१४ गनिसक्दा एकालाल श्रेष्ठले फेरी पनि अग्रता लिएका हुन् । ३०५ मतले श्रेष्ठले अग्रता लिएका हुन् ।

दोस्रो स्थानमा रहेका श्रेष्ठ २० हजार ९३२ मत गणना हुदाँ पहिलो स्थानमा आएका हुन् । उनले राप्रपाका उम्मेदवार गुन्जन बहादुर न्यौपानेलाई पछि पारेका हुन् । श्रेष्ठले ६ हजार ३९६ मत प्राप्त गर्दा न्यौपानेले ६ हजार ९१ मत प्राप्त गरेका छन् । गठबन्धनका उम्मेदवार आनन्दराम पराजुलीले भने ५ हजार ५३९ मत प्राप्त गरेका छन् । पराजुली अहिले तेस्रो स्थानमा छन् ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०