Wednesday, 19th August, 2026
वि.स.

मकवानपुर–२को ‘क’ मा ढकाल निरन्तर अगाडि(हेर्नुहोस् मत)

Mak-2-ka-1669094038.jpg

प्रदेश सभा निर्वाचन अन्तर्गत् मकवानपुरको २ नम्बरको ‘क’ मा शुरुवाती चरणदेखि नेकपा एमालेका विष्णुप्रसाद ढकाल निरन्तर अगाडि देखिएका छन् । हेटौंडामा जारी मतगणनाको पछिल्लो अपडेटसम्म आइपुग्दा एमालेका ढकालले गठबन्धनका कुमारी मोक्तानलाई लगातार लिड गरिरहेका छन् ।

प्रदेश सभा सदस्यको लागि १३२०७ मत गनेर सकिँदा ढकालले ५८५५ मत प्राप्त गरेका छन् भने उनलाई मोक्तानले ५५८४ मतका साथ पछ्याइरहेकी छिन् । अहिलेसम्म तेस्रो स्थानमा रहेका राप्रपाका रामबहादुर घलेले ५७० मत ल्याएका छन् । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif