Saturday, 29th August, 2026
वि.स.

मकवानपुरका ३ जना फरार अभियुक्त पक्राउ

pakarau-1611392570.jpg

जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिल्ला अदालतको फैसलालाई अटेर गरी फरार रहेका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत मकवानपुरबाट भएको फैसला अनुसार कैद भुक्तान नगरी फरार रहेका तीजनालाई हेटौंडा उपमहानगरको विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । २०७२ माघ २८ गते लागूऔषध मुद्दामा ६ वर्ष कैद र दस हजार रुपैयाँ जरिवानाको फैसला गरेको हेटौंडा–१५ का ३३ वर्षीय राजकुमार वाइलाई प्रहरीले पक्राउ गरेको छ ।

बहुविवाह मुद्दामा जिल्ला अदालतबाट २०७५ पुस ६ गतेको फैसला अनुसार एक वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवाना तोकी फरार रहेका हेटौंडा–१५, शिखरपानीका ३३ वर्षीय हरि गोङ्वालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

लागूऔषध मुद्दामा एकमहिना ६ दिनको कैद र दुई हजार रुपैयाँको अदालतको फैसला अटेर गरी फरार रहेका हेटौंडा–१४ का २६ वर्षीया विजय रुम्बालाई पनि प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालतले उनीविरुद्ध २०५७ असार १३ गते फैसला गरेको थियो । उनीहरुलाई कैद भुक्तानका लागि भीमफेदी गाउँपालिकास्थित क्षेत्रीय कारागारमा पठाइएको प्रहरीले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०