Thursday, 27th August, 2026
वि.स.

मकवानपुरमा २ सय २० बिगाहामा लगाईएको गाँजा खेती नष्ट

ganja-fadani-1607664963.jpg

मकवानपुर प्रहरीले दुई सय बिस बिगाहा लागू औषध गाँजा खेती फडानी गरी नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक९प्रवक्ता० इन्द्र बहादुर रानाको कमाण्डमा लागुऔषध नियन्त्रण ब्युरो समेत संयुक्त रुपमा खटिएको ८६ जनाको प्रहरी टोलिले मकवानपुरको बिभिन्न स्थानमा लगाईएको दुई सय बिस बिगाहा लागू औषध गाँजा खेती फडानी गरी नष्ट गरेको हो ।

यही मंसिर २० गते देखि २४ गते सम्म मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं. २, ३, ४, ५, ८र ९ को अठारे, धस्राङ, गेजुराङ, कर्लिङ्ग, हाप्राङ, घट्टेखोला, भेडुल, च्यामती, लावती, सरिखेत, पलासे, धुरकोट, माईसिराङ, स्वारा, गेजुराङ, हाप्राङ, कर्लिङ, वाङचिङ, भैडुल, तरलिङ, लोच्यो, देविटार लगायतका विभिन्न स्थानहरुमा गरी कुल २२० ९दुई सय बिस० विगाहा लागु औषध गाँजा खेति फडानि गरी नष्ट गरीएको प्रवक्ता रानाले बताए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif