Tuesday, 25th August, 2026
वि.स.

मकवानपुरमा २ लाख ५५ हजार बिरुवा उत्पादन

biruwa-1623223532.jpg

डिभिजन वन कार्यालय हेटौंडाले चालु आर्थिक वर्षमा २ लाख ५५ हजार वटा बिभीन्न जातका बिरुवा उत्पादन गरेको छ । बिभीन्न संघसंस्था तथा व्यक्तिलाई बितरण गरेर बृक्षा रोपण गर्ने उदेस्यले बिरुवा उत्पादन गरिएको हो ।

उत्पादित बिरुवा आउँदो असार, साउन, भदौ महिनामा रोपीने डिभिजन वन कार्यालय हेटौंडाका सूचना अधिकारी अच्युत उपाध्यायले बताए।

डिभीजन वनमा हेटौंडाको नर्सरीमा ६५ हजार, हेटौडाको हर्नामाडीमा २० हजार, बकैया गाउँपालिकाको छतिवनमा २० हजार, मकवानपुरगढी गाउँपालिकाको धादिङमा ४० हजार, भीमफेदीमा ५० हजार, हेटौंडाको सिसौघारीको नर्सरीमा २० हजार, बागमती गाउँपालिकाको राइगाउँमा ४० हजार बिरुवा उत्पादन भएको उनले जानकारी दिए ।

बन कार्यालयले उत्पादन गरेको विरुवा निशुल्क रुपमा बितरणको व्यवस्था मिलाइएको छ । बिभीन्न संघसंस्था र व्यक्तिले आफ्ना निजी जग्गा र सार्वजनिक जग्गामा विरुवा रोप्न सक्नेछन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif