Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुरमा १८ बिगाहा १० कट्ठा गाँजा र अफिम खेती नष्ट

afim-1612436428.jpg

मकवानपुरमा अवैध रुपमा गरिएको अफिम र गाँजा खेती प्रहरीले नष्ट गरेको छ। जिल्लाको राक्सिराङ गाउँपालिका वडा नं।४ कोदेवीटार, मनछाप, जिमाजुङ लगायतका विभिन्न ठाउँमा गरिएको लागुऔषध अफिम र गाँजा खेती प्रहरीले नष्ट गरेको हो।

अफिम र गाँजा खेती भएको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अविनाश अधिकारीको कमाण्डमा दंगा नियन्त्रण प्रहरी गणसमेतबाट संयुक्त रुपमा खटिएको ४५ जनाको प्रहरी टोली उक्त क्षेत्रमा गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले बताए ।

टोलीले करिब १८ बिगाहा १० कट्ठा क्षेत्रफलमा गरिएको औषधअफिम र गाँजा खेती फडानी गरी नष्ट गरीएको हो । खेतमानै लुकाई राखेको अवस्थामा फेला परेको ५ सय किलो गाँजा समेत नष्ट गरीएको प्रवक्ता रानाले बताए ।

यसअघि पनि मकवानपुर प्रहरीले हेटौंडा उपमहानगर, बकैया, कैलाश लगायत अन्य विभिन्न क्षेत्रमा लगाएको सयौँ गाँजा तथा अफिम खेती नष्ट गरेको थियो ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०