Tuesday, 21st April, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुरमा १२७ किलो गाँजा, ट्रक सहित ३ जना प्रकाउ

225695521_296665110362271-1628123530.jpg

मकवानपुरको मनहरी गाउँपालिकाबाट प्रहरीले लागुऔषध गाँजा सहित तीन जनालाई पक्राउ गरेको छ । मनहरी गाउँपालिका वडा नं. ८ सिमपानीस्थित बि.आर.ई. २८३९ नम्बरको भारतीय ट्रकबाट लागुऔषध गाँजा १ सय २७ किलोग्राम सहित तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पक्राउ पर्नेमा ट्रक चालक भारत बैशाल जिल्ला बस्ने बर्ष ३८ को रामराज सहनी, ट्रकमा सवार भारत समस्तिपुर जिल्ला बस्ने बर्ष १८ को राहुल कुमार सहनी र पर्सा बिरगंज महानगरपालिका वडा नं.९ चुर्नी बस्ने बर्ष ३० को रियाजुल अंसारी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलिले ट्रकलाई चेकजाँच गर्दा ढालामा लुकाएर राखेको अवस्थामा उक्त परिमाणको लागुऔषध गाँजासहित तीन जनालाई नियन्त्रणमा लिएको हो । उक्त गाँजा, ट्रक सहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।