Wednesday, 26th August, 2026
वि.स.

मकवानपुरमा सवारी दुर्घटना एकको मृत्य,दुईजना घाइते

accident-1619257237.jpg

पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरीमा शुक्रबार बेलुका भएको सवारी दुर्घटनामा परी अटोमा सवार एक पुरुषको मृत्यु भएको छ ।

पश्चिमबाट हेटौँडा आउँदै गरेको ना ५ ख ४७०४ नम्बरको ट्रकले ना १ ह ७१९४ नम्बरको अटोलाई ठक्कर दिँदा अटोमा सवार मकवानपुर मनहरी–९ का अन्दाजी ३१ वर्षीय कुमार मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी अटोमा सवार सोही ठाउँ बस्ने ५३ वर्षीय अर्जुन कुमार स्याङ्तान र १० वर्षीय सन्देश स्याङ्तान घाइते भएका छन् । उनीहरुको चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif