Wednesday, 26th August, 2026
वि.स.

मकवानपुरमा सलहले मकैबाली नष्ट गर्न थाल्यो

makai-bali-1593329255.jpg

 हिजो देखी मकवानपुर प्रवेश गरेको सलह किराले मकवानपुरको विभिन्न क्षेत्रमा बाली नष्ट गर्न लागेको छ । सलहले मकवानपुरको बकैया गाउँपालिका, मकवानपुरगढी गाउँपालिका लगाएतको क्षेत्रमा बाली नष्ट गर्न सुरु गरेको हो ।

सलहले बकैया तथा मकवानपुरगढीका किसानले लगाएको मकैबारीलाई नष्ट गर्न लागेको छ । मकवानपुरमा लाखौँको संख्यामा सलह झुण्ड बनाएर आएको स्थानीयहरुले दाबी गरेका छन् । मकवानपुरगढी वडा नंबर ७ को बतासे तथा भण्डारेमा बालीनाली नष्ट गर्न लागेको स्थानीयहरुको भनाई रहेको छ । स्थानीयहरुले थाल ठटाएर केहिबेर सहल धपाएको स्थानीय रामबहादुर लामाको भनाई रहेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif