Monday, 24th August, 2026
वि.स.

मकवानपुरमा लागूऔषध ओसारपसार आरोपमा १५१ पक्राउ, ९९ मुद्धा दर्ता

aaaa-1626858715.jpg

मकवानपुर प्रहरीले आर्थिक वर्ष २०७७÷७८ मा लागूऔषध ओसारपसारमा संलग्न भएको आरोपमा १५१ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा १३९ जना नेपाली पुरुष, ९ जना नेपाली महिला र ३ जना भारतीय पुरुष रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार असार महिनामा सबैभन्दा धेरै ३६ जना पक्राउ परेका थिए । त्यस्तै चैतमा २२ जना, जेठमा १५ जना, पुसमा १४ जना, फागुनमा १३ जना र कात्तिकमा १० जना पक्राउ परेका थिए । प्रहरीले एक वर्षको अवधिमा लागूऔषध ओसारपसारको आरोपमा ९९ वटा मुद्धा दर्ता गरेको थियो । 

एक वर्षभित्र मकवानपुर प्रहरीले १ हजार ७९० किलो गाँजा, साँढे २३ किलो चरेस, १४ ग्राम खैरो हिरोइन र १४ किलो ७५० ग्राम अफिम बरामद गरेको मकवापुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए । 

त्यसैगरी ७ हजार ३४७ ट्याब्लेट नाइट्रोभेट, ३०९ ट्याब्लेट डाइजेपाम, २९९ ट्याब्लेट फेनारगन र ३०७ ट्याब्लेट नोर्फिन बरामद भएको उनले बताए । प्रहरीले २९६ बोत्तल कोरेक्ससमेत बरामद गरेको छ । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०