Wednesday, 26th August, 2026
वि.स.

मकवानपुरमा बोलेरो दुर्घटना, एकको मृत्यु, पाँच घाइते

accident-new-1620456778.jpg

मकवानपुरको राक्सिराङ्ग गाउँपालिका वडा नम्बर–१ को बेलटारमा बोलेरो दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ ।

शनिवार विहान १२ बजेर ३० मिनेटको समयमा राक्सिराङ्गको बेलटारबाट हेटौंडा तर्फ आउदै गरेको बा १५ च ३९२० नम्वरका आफै अनियन्त्रित हुँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

बोलेरो दुर्घटनामा बोलेरोमा सवार वर्ष १७ को दिनेश स्याङतानको घटना स्थलमै मृत्यु भएको छ भने अन्य ५ जना घाइते भएका छन् । घाइते मध्य १ जना अवस्था सामान्य र अन्य को अवस्था मध्यम रहेको रिमालले बताए । घाइतेहरुमा बोलेरो चालक वर्ष २५ का दिपेन्द्र लो,वर्ष १८ की मन्जु लो,वर्ष १६ को अमृत दोङ,वर्ष २३ की आकृति मोक्तान र वर्ष १७ को दोर्जे गोम्वा रहेका छन् । उनीहरुको हेटौंडा स्थित चुरेहिल हस्पिटलमा उपचार भइरहेको रिमालले जानकारी दिए ।

दुर्घटनावारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले बताए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif