Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुरमा बालिकाको बलात्कार र हत्या आरोपितलाई थुनामा राख्न आदेश

makawanpur1-1608021164.jpg

 मकवानपुरको बागमती गाउँपालिका वडा नंबर ७ लामीटारकी ४ वर्षीया बालिका रुबिना पाख्रिनको बलात्कारपछि हत्या आरोपित किशोरलाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।

जिल्ला अदालत मकवानपुरका न्यायाधीश कमलराज विष्टको इजलासले बलात्कारपछि हत्या आरोपी १४ वर्षीय भएकाले आइतबार हेटौंडा–११ थानाभर्‍याङस्थित बाल सुधारगृहमा राख्न आदेश गरेको हो ।

घरबाट करिब २ सय मिटर पर मनसाही खोलाको किनारमा बालिका मंसिर ३ गते मृत अवस्थामा भेटिएकी थिइन् । आरोपितलाई मंसिर ४ गते प्रहरीले पक्राउ गरेको थियो। 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०